Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इनरुवामा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७७, बिहिबार
इनरुवामा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

सुनसरीः सुनसरीको इनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उरावको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
बुधबार बेलुका साढे ५ बजे भोक्राहा नरसिङ– ४स्थित पूर्व–पश्चिम लोकमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाइते भएकी उरावको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० वर्षीय शिवनारायण मण्डलसमेत घाइते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैबीच दमक नगरपालिका–१ श्रेष्ठ चौकस्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडी सह–चालक इलामका २१ वर्षीय वसन्त राईको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे १ बजे ट्याक्टरबाट खसी घाइते भएका राईको उपचारको लागि लाइफ लाइन अस्पताल दमक पुग्नासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक–३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend