Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७७, बिहिबार
लागूऔषधसहित तीनजना समातिए

विराटनगरः बुधबार दिउँसो उदयपुरमा २ जना र मोरङ १ जना लागूऔषधसहित पक्राउ गरिएको छ ।
उदयपुर त्रियुगा ३ भुल्केका ३७ वर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्जोभिन ८० ट्याब्लेट, डाइलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाइजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका–७ का ४० वर्षीय हस्तबहादुर राईलाई ६९० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै, विराटनगर–१६ हुलास चौकस्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का २४ वर्षीय प्रदिप राईलाई लागूऔषध एभिल–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल, डाइजोलयाप–१० एम्पुल, फेनारगन–९ एम्पुलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसान्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend