बिर्तामोडः झापाको मेचीनगर–६ स्थित न्यून विशाल होटलबाट लागूऔषध अफिमसहित दुईजना भारतीय महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ वर्षीया गायत्रीदेवी क्षेत्री रहेका छन् ।
प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सो होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोलाभित्र दुईवटा पोका बनाइ लुकाइछिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलोसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।