Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
दुर्घटनामा दुईजनाको मृत्यु

बिर्तामोडः सडक दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पा सरङपाडास्थितमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवसाताक्षी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै, झापा बाह्रदशी गाउँपालिका–५ कनकन मार्गस्थितमा साढे १ बजे मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक सोही स्थान बस्ने ४३ वर्षीया कलसावती राजवंशी घाइते भई उपचारको क्रममा बिएण्डी अस्पतालमा सभा २ बजे मृत्यु भएको जिल्ला १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend