भोजपुरः भोजपुर रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
योगेन्द्र राईको लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई घाँटीमा चोट लागी घाइते भएकी बानियाको उपचारको क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।