इलामः इलाम सूर्योदय नगरपालिका–३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसमबहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।