धरानः धरान-१५ स्थित श्यामचोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार राति करिब ८ः१५ बजेतिर दुर्घटना भएको हो । बाटोमा हिँडिरहेका धरान-५ देउरालीका ३५ वर्षीय किशोर विकलाई सिटी सफारीले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइते विकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु करिब १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘पैदल हिँडिरहेका विकलाई को१ह ७८५९ नम्बरको सफारीले ठक्कर दिएको पाइयो’, उनले भने, ‘उपचारका क्रममा विकको निधन भएको छ ।’ सफारी चालक धरान-१५ कै ४३ वर्षीय मानबहादुर लिम्बू प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । चालकले अनुमतिपत्र (लाइसेन्स) पनि नबोकेको पाइएको प्रहरीले जनाएको छ ।