Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित ६ जना समातिए

हाम्रो कोशी आवाज
चैत्र ६ २०७७, शुक्रबार
ब्राउनसुगरसहित ६ जना समातिए

बिर्तामोडः झापाका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।
बिहीबार साँझ साढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का १९ वर्षीय सरोज सुनुवार र १९ वर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित डाँगीबारीबाट पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ वर्षीय पवन भनिने साइल खानलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहीबार साँझ ७ बजे तीनजनालाई लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३० वर्षीय कुमोलाल राजवंशी, २४ वर्षीय सञ्जय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ वर्षीय श्रवण मुखिया रहेका छन् । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend