Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘दि भ्वाइस अफ नेपाल सिजन ३ ‘ सुरु

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
‘दि भ्वाइस अफ नेपाल सिजन ३ ‘ सुरु

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।
यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।
अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।
‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुने छ ।
यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । अन्यथा भएकोले शीर्षक र समाचारमा केही हेरफेर गरिएको छ । प्राविधिक गडबढीका कारणसमाचार र शीर्षक नै फरक पर्न गएकोले केही हेरफेर गरिएको छ ।

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend