Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ९ २०७७, सोमबार
दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः मोरङमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
कटहरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । कटहरी–३ मा टिपरले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको छ । उनी कटहरी–२ का हुन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ४७८३ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेका उनको कोशी अस्पताल विराटनगर पुरयाउनसाथ मृत्यु भएको प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
घटनापछि ढुंगामुडा गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका छन् । तोडफोडले टिपरको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुन्दरहरैँचा–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एकपुरुषको ज्यान गएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको को१८प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए ।
गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २६ वर्षीय सेवन्तमणि कोइराला पनि गम्भीर घाइते भएका छन् ।
टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरी र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: चैत्र ९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend