Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एउटै गीतले चर्चित गायिका

हाम्रो कोशी आवाज
चैत्र ९ २०७७, सोमबार
एउटै गीतले चर्चित गायिका

करिब दुईसय गीतमा स्वर दिइसकेकी छन् दीपा लामा अहिले चलेकी गायिका हुन् । काठमाडौंको तिलगंगामा जन्मेकी उनी त्यहीं हुर्किन् । अहिलेसम्म १८ भन्दा बढी फिल्ममा गीत गाइसकेकी उनले आधुनिक गीतमा धेरै स्वर भरेकी छिन् । आफ्नो साथी नै संगीत मान्ने दीपाले राजशुक्र लिम्बुको ‘मेरै भन्छु’ गीतबाट सांगीतिक क्षेत्रमा ब्रेक गरेकी हुन् ।
सानैदेखि अरुणा लामाको गीतमा मन गएको बताउँने उनले यही क्षेत्रमा व्यवसायिक रुपमा लाग्ने सपना भने बुनेकी थिइनन् । एकदुई गीत गाएर यो क्षेत्र छाड्ने उनको योजनालाई पहिलो गीतको वाहवाहीले रोकिदियो । पहिलो गीत नै धेरैले मनपराई दिएपछि उनलाई यो क्षेत्रले तान्यो र अहिले उनी दिनानुदिन व्यस्त हुँदै छिन् । स्टेज कार्यक्रमका लागि राजधानी र राजधानीबाहिर पनि पुग्न थालेकी छिन् ।
‘सानैबाट गीत गाउन मन पराउँथे । अरुणा लामाको गीतहरु एकदमै मनपथ्र्यो । जब ठुली भएँ, एकदुईवटा गीत रेकर्ड गर्न मन लाग्यो । गीत रेकर्ड गर्न त गाह्रौ थियो । यसै क्रममा फेसबुकमा राजशुक्र लिम्बू दाईसँग गीत गाउने रहर व्यक्त गरेकी थिएँ । फेसबुकमा ख्यालख्यालैमा भने जस्तो लागेको थियो मलाई । तर, उहाँले मलाई अवसर दिनुभयो । मेरो भन्छु भन्ने बोलको उहाँकै गीतबाट मैले आफ्नो करिअरको प्रारम्भ गर्न पाएँ ।’ उनले भेटमा भनिन् ।
उनले अहिले पनि काम पाइरहेको बताइन् । ‘अहिलेसम्म काम पाइरहेकै छु । अहिलेसम्म फुर्सदमा बस्नुपरेको छैन ।’
गीत–सङ्गीतबाट सहजै फिल आउनुपर्ने उनको भनाइ छ । ‘संगीतमा फिल आउनुपर्छ । फिल आएपछि गीतको रस आउँछ । रस भरेर गाएको गीत बिर्सने कुरै आउँदैन ।’
धरान आइपुगेकी उनीसँग गरिएको भिडिओ कुराकानीः

प्रकाशित मिति: चैत्र ९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend