Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्रेक फेल भएर टयाक्सी पल्टिँदा पदम लिम्बूको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ११ २०७७, बुधबार
ब्रेक फेल भएर टयाक्सी पल्टिँदा पदम लिम्बूको मृत्यु

पाँचथरः पाँचथर फाल्गुनन्द–५ सुलुम्फीस्थितमा टयाक्सी दुर्घटना हुँदा सवार एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम फाकफोकथुम–७ एकतप्पाका २२ वर्षीय पदम लिम्बू रहेका छन् । पाँचथरबाट झापातर्फ आइरहेको मे१ज ४१६ नम्बरको ट्याक्सी बुधबार बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साइटमा पल्टिँदा सवार लिम्बू गम्भिर घाइते भएका थिए ।
घाइते लिम्बूलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ११ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend