Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाहको प्रलोभन दिएर करणी !

हाम्रो कोशी आवाज
चैत्र ११ २०७७, बुधबार
विवाहको प्रलोभन दिएर करणी !

करणीको आरोपमा समातिएका निरौला (वाया) र नक्कली सुन दिएर ठगी गर्ने युवा ।

धरानः आफ्नै घरमा डेरा गरी बस्ने विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा इटहरीमा एक व्यक्ति पक्राउ परेका छन् ।
इटहरी–४ का प्रेमबहादुर निरौला करणीको आरोपमा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार निरौलाले एक किशोरीलाई मोबाइलमार्फत् अर्धनग्न तस्वीर खिची ‘ब्लाकमेलिङ’ गर्दै बारम्बार करणी गर्दै आएका थिए । डिएसपी केसीले कोठाभाडा लिएर बसेकी किशोरीलाई निरौलाले जबरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरेको जानकारी दिए । प्रहरीका अनुसार पीडितको जाहेरीका आधारमा उनी ९ गते सोमबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मेरो श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको र विवाह गर्छु’ भन्दै प्रलोभन देखाएर जबजस्ती गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी कार्यालय इटहरीले नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा १० बस्ने ४१ वर्षीय जल्लाउदिन मियाँ रहेका छन् । उनीहरुले इटहरी वडा नं.८ गैसार बस्ने ३८ वर्षीय यज्ञविक्रम ठकुरीलाई जग्गा–जमिनको कारोबार गर्ने र लगानीका लागि प्रस्ताव गर्दै ठगेका थिए ।
डिएसपी केसीका अनुसार सुनजस्तो देखिने ८ वटा सिक्का दिएर चार लाख रुपैयाँ लिई फरार भएको र उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई पनि गत ९ गते नै पक्राउ गरी ठगी मुद्धामा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ती दुई व्यक्तिलाई पत्रकारको आवरणमा ठगी गरेको आरोप लागेको छ ।

प्रकाशित मिति: चैत्र ११ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend