विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ वर्षीया शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।