Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित तीन युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
लागूऔषधसहित तीन युवा समातिए

उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागूऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल, डाइजेपाम २७ एम्पुल र ५० ग्राम गाँजासहित स्थानीय २५ वर्षीय प्रभात मगर, ३२ वर्षीय सुरज राई र ३० वर्षीय सुमन राईलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend