धरानः नेपाल राष्ट्रिय मगर संघ सुनसरीको कार्यसमिति गठन भएको छ ।
कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघ सुनसरीको सभापतिमा शशी पुलामी मगर चयन भएका छन् । सभापति पुलामीको समिति ९ सदस्य रहेको छ ।
समितिमा सरिता राना मगर उपाध्यक्ष, हेमन्त थापा मगर सचिव र शोभादेवी आले कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, सदस्यहरुमा प्रकाश पुलामी मगर, नविन राना, अञ्न्जु पुलामी, मनिष मगर र गंगा थापा मगर चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य जीत मगर र राष्ट्रिय मगर संघ प्रदेश नं. १ का संयोजक जगत मगर रानाको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।