उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।
शनिबार राति पौने १० बजेको समयमा स्व. मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ वर्षीय रुपेश लामगादे अचानक टयाक्टरबाट झर्दा सो ट्याक्टरको पछाडिको टायरले किचेर घाइते भएकोमा, घाइतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।