Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सानैदेखिको ‘प्यासन’

हाम्रो कोशी आवाज
चैत्र १६ २०७७, सोमबार
सानैदेखिको ‘प्यासन’

सानैदेखि कलाकारिता क्षेत्रमा लाग्छु भन्ने सोंच पालेकी रेखा फागो लिम्बू अहिले मोडल अनि नायिकाका रुपमा परिचित छिन् । संखुवासभाको पोखरी बजार (हाल चैनपुर नपा) मा जन्मिएकी उनी सानैदेखि फिल्मी क्षेत्रतर्फ रुचि लाग्ने गरेको बताउँछिन् । हाल उनको धरान–१३ मा छ ।
‘म युकेजीमा पढ्थें, घरमा ठूलो टिभी थियो, बजारको चोकमै घर थियो, त्यतिबेला बुबाआमाले टिभीमा फिल्म देखाउनुहुन्थ्यो, म सोंच्थे र लाग्थ्यो टिभीभित्र पनि ‘रियल’ मान्छे हुन्छन् र टिभीको वरिपरी घुमी घुमी पनि हेर्थें । म पनि पछि ठूलो भएर टिभीभित्र पसेर देखाउँछु भन्ने पहिलादेखि नै लागेकै हो ।’ उनले भनिन्, ‘त्यही बेलादेखिको प्यासनले अहिले कलाकार बनायो ।’
उनले दर्जनौं म्युजिक भिडिओमा अभिनय गरिसकेकी छिन् । ‘हामी कलाकारलाई म्युजिक भिडियोले इनर्जी दिन्छ भन्ने मैले बुझेको छु, यसले फिल्म क्षेत्रमा अघि बढ्न पनि सहयोग गर्छ ।’ उनले भनिन् । उनको तीनवटा फिल्म रिलिज हुन बाँकी छ । ‘तारेभिर’ फिल्मबाट फिल्ममा प्रवेश गरेकी उनले अहिले पनि फिल्म खेलिसकेकी छिन् । ‘फिल्म पनि खेल्दै आएको छु नि’, उनले भनिन्, ‘तीनवटा फिल्ममा अभिनय गरिसकेको छु, रिलिज हुन बाँकी छ ।’
मार्सल आर्टको ट्रेनिङ लिएकी उनले सानैदेखि नृत्यमा पनि पोख्त थिइन् । धरानमा बसेर मोडलिङ एवं अभिनय यात्रालाई अगाडि बढाएकी उनी कला यात्रालाई निरन्तरता अगाडि बढाइरहेकी छिन् । २०१२ मा मिस लिम्बूमा सहभागिता जनाएपछि आफूले यस क्षेत्रलाई निरन्तरता दिँदै अघि बढेको बताउँछिन् ।

प्रकाशित मिति: चैत्र १६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend