Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिले बढाउँदै दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र १७ २०७७, मंगलबार
तीब्र गतिले बढाउँदै दुर्घटना

सुनसरीः तीब्र गतिले सवारी चलाउँदा दुर्घटना बढ्दै गएको छ । होलीको दिन अर्थात सोमबार (१६ गते) एकदिनको दुर्घटनाका घटना हेर्ने हो भने दर्दनाक अवस्था छ ।
तीब्र गतिमा सवारी साधन चलाउँदा सुनसरीको दुहवीमा एकजनाको मृत्यु भएको छ । दुहवी–१० स्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को९प ७००० न. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा को४प ६११२ नं. को मोटरसाइकलका चालक सुनसरीकै गडिगापा–२ बस्ने वर्ष ३२ को सञ्जय चौधरी गम्भीर घाइते बनेका थिए । घाइते चौधरीको विराट टिचिङ हस्पिटल विराटनगरमा पुरयाउनसाथ मृत घोषणा गरिएको थियो ।
अर्का मोटरसाइकल चालक मोरङ झोराहाट बस्ने वर्ष १८ को निकेश बझारुसमेत गम्भीर घाइते भएका थिए । दुवै मोटरसाइकल इप्रका दुहवीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुहबीबाट ३ किमी पश्चिममा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उता ताप्लेजुङको पाथिभरा यमबरक ४ स्थित भित्री ग्रामीण सडकखण्डमा फुङलिङबाट डुम्रिसे जाँदै गरेको प्र३–०१–०५ख ९२७१ नं. को टिपर बाटो मोड्ने क्रममा ब्रेक फेल भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
टिपरको ब्रेक फेल भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । सडकबाट अन्दाजी २५ मिटर तल खस्दा सहचालक जिल्ला लमजुङ डोभी गापा ६ बस्ने वर्ष १७ को कृष्ण विक गम्भीर घाइते बनेका थिए । उनको जिल्ला अस्पताल ताप्लेजुङ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक जिल्ला सिन्धुली कमलामाइ–४ बस्ने वर्ष २४ को हेमकुमार विक र अर्का चालक ताप्लेजुङ पाथिभरा यङबरक २ बस्ने वर्ष २० को मन्दिप लिम्बू समेत गम्भीर घाइते भएका छन् । उनीहरुको झापाको बिएण्डी अस्पतालमा उपचार भइरहेको छ ।
तीब्र गतिका सवारीले समस्या, बढाउँदै दुर्घटना
यस्तै, तीब्र गतिमा हुइँकिएको मोटरसाइकले ठक्कर दिँदा इटहरीमा एक बालक घाइते भएका छन् । इटहरी–१६ स्थित भित्री कच्ची सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२१प ४७१० नं. को मोटरसाइकलले अक्षयकुमार चौधरीको छोरा वर्ष ३ को अनिषकुमार चौधरीलाई ठक्कर दिएको थियो । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चालक इटहरी बस्ने वर्ष २३ को अक्षय चौधरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, तीब्र गतिमा चलाइएको मोटरसाइकलले नाबालिकालाई ठक्कर दिँदा उनी गम्भीर बनेकी छिन् ।
मोरङको धनपालथान गाउँपालिका ७ तेलीटोलस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को३१प ६२५२ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने शंकर मुखियाको छोरी वर्ष २ की रिया मुखियालाई ठक्कर दिँदा उनी गम्भीर बनेकी हुन् ।
उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।
उता मोरङकै ग्रामथान गाउँपालिका वडा नं.०२ झोराहाटस्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ८८५१ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ कटहरी गाउँपालिका–५ बस्ने वर्ष १९ को दिनेशकुमार सरदार र मोटरसाइकलमा सवार वर्ष १८ को किरण सरदार गम्भीर घाइते बनेका छन् ।
तीब्र गतिमा सवारी चलाउँदा दुवैजनाको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ धनपालथान गाउँपालिका ४ कर्सियास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ५ प ६९५५ नं. को मोटरसाइकलले घर अगाडि खेलिरहेका रामलोच साहको छोरी वर्ष १० की चाँदनी साहलाई ठक्कर दिएको छ ।
तीब्र गतिमा सवारी चलाउँदै आएका धनपालथान गाउँपालिका–५ बस्ने वर्ष १८ को निरज सरदार प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घाइते बालिकाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
धनपाल गाउँपालिका बुढीगंगा–३ नहर टोलस्थित भित्री कच्ची सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को३२प ६१४३ नं.को स्कुटरले सडकको साइडमा रहेको मानिसहरुलाई ठक्कर दिएको थियो । मापसे गरेर तीब्र गतिमा सवारी हुँक्याउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक समेत घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । दुर्घटनामा स्कुटर चालक जिल्ला मोरङ बुढीगंगा २ बस्ने वर्ष २१ को विशाल राजवंशी घाइते बनेका छन् भने १९ महिनाका धिरज राजवंशी टाउकोमा चोट गम्भीर चोट लागेको छ ।
यस्तै, ग्रामथान गाउँपालिका वडा नं.५ कखरमारीस्थित भित्री कच्चि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा३६प ७०० नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा ग्रामथान–६ बस्ने वर्ष १५ को अभिमनु चौधरी घाइते बनेका छन् ।
ग्रामथान–२ झोराहाटस्थित कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३६प ८५२३ मोटरसाइकल आफै अनियन्त्रत भई दुर्घटना हुँदा चालक वर्ष २२ को अनुज कटुवाल गम्भीर घाइते बनेका छन् । उनको टाउको, छाती र निधारमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, कानेपोखरी गाउँपालिका ५ रंगेली कानेपोखरीमा मे२प ३८३३ नं. को मोटरसाइकलले ठक्कर दिँदा खामजित राईको छोरा वर्ष ८ को सम्योग राई गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । चालक वर्ष १६ को राजु भट्टराई प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको रतुवामाई नपा–६ कादुपाडास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२४प १७२१ नं. मोटरसाइकल अनियन्त्रित हुँदा वर्ष ४२ को अशोक राई र पछाडि सवार वर्ष ४३ को भुपाल लामा गम्भीर घाइते बनेका छन् । उनीहरुकाृ न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
उता दमक–४ मालपोत कार्यालयस्थित पूर्व पश्चििम लोकमार्गमा पूर्वबाट उत्तरतर्फ बाटो काट्दै गर्दा मे१च ५३४९ नं. को कारलाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा३८प ८१०७ नं. को मोटरसाइकलले ठक्कर दिँदा इलाम दानाबारी घर भई झापा माई नपा १ बस्ने वर्ष ३९ को कृष्ण राई गम्भीर घाइते बनेका छन् । उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति: चैत्र १७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend