सुनसरीः सुनसरी भोक्राहा नरसिंह–४ मिलनचोकस्थितमा बस्ने ५५ वर्षीय बेचन उराउको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।
सोमबार बेलुका साढे ७ बजे मिलनचोकस्थित भित्री सडक खण्डमा को१ह १५७० नम्बरको सिटीले विपरीत साइडबाट साइकलमा आइरहेका उराउलाइ ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका उराउको म्याक्स हस्पिटल विराटनगरमा उपचारको क्रममा मंगलबार अपराह्न सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटी र चालक भोक्रहा–१ का दिव नारायण मेहता नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।