सांकेतिक तस्वीर ।
पाँचथरः पाँचथर याङबरक गाउँपालिका ३ ओयाम यलम्वर चौकस्थितमा भएको जीप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार बस्ने ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।
बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे१ज ३५६ नम्बरको जीप रोडबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाडीमा सवार सोही स्थानका २२ वर्षीय आशिष राईको बिएण्डसी अस्पताल बिर्मामोडमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।