संखुवासभाः खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।
२० मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
सशस्त्र प्रहरी बल संखुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालका अनुसार घाइतेमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

शुभम डिलक्स बस धर्मदेवी–४ मा दुर्घटनामा परेको हो । उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो । गम्भीर घाइते १३ जनाको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।