Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टरले किच्दा सहचालकको मृत्यु, स्कुल बसको ठक्करले पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २२ २०७७, आइतबार
टयाक्टरले किच्दा सहचालकको मृत्यु, स्कुल बसको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगरः विराटनगर–१४ का २५ वर्षीय कामेश्वर कामतको टयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
आइतबार बिहान साढे ८ बजे विराटनगर १४ स्थितमा को२त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, उदयपुर चौदण्डीगढी–१० इक्राहा बस्ने ६२ वर्षीय जगनारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को१ख २७४८ नम्बरको बसले पैदल हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ वर्षीय रत्नबहादुर कार्की नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend