बिर्तामोडः लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित झापाबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय सञ्जय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पौने २ बजे कचनकबल–२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।