विराटनगरः उर्लाबारी–३ थापा चौकस्थितमा बस्ने ३८ वर्षीय प्रेम धिमाल लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
उनलाई आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजीभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।
धिमालले घरमा गाँजा लुकाइ राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १–१ केजीको ४ पोका र खुल्ला अवस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विरटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।