Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समयमै सावधानी नअपनाए लकडाउन: प्रम

हाम्रो कोशी आवाज
चैत्र २६ २०७७, बिहिबार
समयमै सावधानी नअपनाए लकडाउन: प्रम

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोभिड संक्रमितको संख्या बढेको तर्फ औंल्याउँदै सर्वसाधारण नागरिकले सावधानी नअपनाए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका छन् ।
‘हाम्रो जनजीवनलाई ठप्प नगरुम, बाध्य भए ठप्प पार्ने अवस्था पनि आउन सक्छ । हामीले सावधानी अपनाउनुपर्छ र अहिलेदेखि सावधानी अपनाउनैपर्छ,’ बिहीबार चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले भने, ’ सामाजिक दूरी कायम गर्नुपर्छ । मास्क लगाएर हाम्रो जीवनमा कोभिडलाई आउन दिने अवसर दिनु हुँदैन ।’
नागरिक आफैं सचेत नभए कोभिडबाट सुरक्षित हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए । खोपले पनि शतप्रतिशत सुरक्षित राख्न नसक्ने उनको दाबी छ । मुख्य कुरा सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। भने, ’ एकैपटक कोभिड भाइरस भित्र छिर्दैन। नाकमा बस्छ र त्यहीँबाट भित्र छिर्छ ।’
बेसारपानी खाएपछि कोरोना लाग्दैन भन्ने विवादास्पद अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्दा कोरोनाबाट बच्न सकिने कुरा दोहोरयाए ।
प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना सङ्क्रमणबाट जोगिन सकिने पनि बताए । उनले भने, ‘अलि तातोतातो पानी लिँदै, नस लिँदै, नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो, कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुई वटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो, केही प्रसेन्ट बाँकी रहन्छ, त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नि । त्यसकारण पूर्ण भन्ने कुरा, शत प्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’
पछिल्लो समय भारतमा कोभिड सङ्क्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्री ओलीले आग्रह गरे । कोभिडले पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर गरेको ओलीले सुनाए । अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा कम असर परेको उनले दाबी गरे ।

प्रकाशित मिति: चैत्र २६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend