Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चोर्दै, भाग्दै

हाम्रो कोशी आवाज
चैत्र २६ २०७७, बिहिबार
चोर्दै, भाग्दै

इटहरीः इटहरीका विभिन्न स्थानमा श्रृङ्खलाबद्धरुपमा चोरी गर्ने एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-१२ घर भई मोरङको केराबारी गाउँपालिका-९ मा डेरा गरी बस्ने ३० वर्षीय बिजु मोते रहेका छन् ।
विगत केही महिनादेखि इटहरी एरियाका विभिन्न स्थानहरुबाट दिउँसै भएको भन्ने विभिन्न ब्यक्तिहरुको जाहेरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा रहेको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरी चोरीमा संलग्न रहेका मोतेलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend