Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २८ २०७७, शनिबार
प्रदेश १ का छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

विराटनगरः मोरङ जहदा–१ भुटाहा चोकस्थितमा निर्माणाधीन बाटोमा काम गर्ने स्काइभेटर अप्रेटरको बकेटले लागि सोही स्काइभेटरका चालक ताप्लेजु– का २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ ।
स्काइभेटरको तेल हाली स्काइभेटरको अप्रेटर रहेका तामाङले आफैले स्काइभेटर चेकजाँच गर्दा स्काइभेटरको बकेट खुस्की घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यस्तै, मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको ढुंगाले किची मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागेर नजिकै रहेको ठूलो ढुङ्गामा अडेस लागी सितलमा बसिरहेको अवस्थामा सोही ढुङ्गाले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
उता, झापा बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चौकस्थित मेची हाइवेमा बोलेरो पिकअपको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मानिसलाई ठक्कर दिई घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा पुरयाउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना गराउने बोलेरो र चालक मेचीनगर–३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend