Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेटाङमा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु, गोठगाउँमा करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ३० २०७७, सोमबार
लेटाङमा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु, गोठगाउँमा करेन्ट लागेर मृत्यु

विराटनगरः लेटाङ-९ का ४५ वर्षीय रविन्द्रकुमार लिम्बूको आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
आइतबार राति साढे १२ बजे लेटाङ-९ पारुहाङ चोकस्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक लिम्बूको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
यस्तै, मोरङकै सुन्दरहरैंचा-७ गोठगाउँका २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ३० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend