Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा देखिन थाले संक्रमित

हाम्रो कोशी आवाज
चैत्र ३० २०७७, सोमबार
प्रदेश १ मा देखिन थाले संक्रमित

विराटनगरः प्रदेश–१ मा कोरोना सक्रमित देखिन थालेका छन् ।
प्रदेश १ मा हालसम्म ७८ जना कोरोना संक्रमित देखिएका छन् । १० दिनको अवधिमा यतिको संख्यामा संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये ५६ जना विराटनगर महानगरपालिकाका हुन् ।
सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित बढेसँगै कोशी कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ । अहिले अस्पतालमा सात जना उपचाररत छन् ।
चैत २५ गतेसम्म अस्पतालमा जम्मा एकजना बिरामी मात्रै उपचाररत थिए । आइतबार एकै दिन थप ६ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।
सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने खासै सतर्कता अपनाइएको देखिँदैन ।

प्रकाशित मिति: चैत्र ३० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend