Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कानेपोखरीबाट लागूऔषधसहित तीनजना समातिए

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
कानेपोखरीबाट लागूऔषधसहित तीनजना समातिए

विराटनगरः कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रंगेली-६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैंचा–७ का १९ वर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् ।
को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका तीनैजनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिटमुनि लुकाई राखेको ५८८ चक्की नाइट्राभेट लागूऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेकामध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend