Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘भारतभर एकैचोटी लकडाउन आवश्यक नै छैन’

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
‘भारतभर एकैचोटी लकडाउन आवश्यक नै छैन’

धरानः भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागू गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन् । कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन् ।
समूहका अध्यक्ष अरोराले भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन ।’ उनले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राखे ।
सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उनले बताए ।
‘हामीले विगतमा पनि देख्यौँ र अहिले पनि देखिरहेका छौँ, स्थानीयरुपमा सानोसानो क्षेत्रमा तय गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक भएको छ, व्यवस्थापन पनि सहज देखिएको छ भने स्वास्थ्य सेवाको नतिजा पनि राम्रो आएको छ’, उनले भने ।
देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उनले उच्च प्राथमिकतामा परेकाहरुलाई खोप दिइसकेको बताए । भारतमा मङ्गलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना सङ्क्रमित भएका थिए ।
योसँगै भारतमा कूल सङ्क्रमितहरुको संख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या तीव्ररुपमा बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend