Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही हप्ता बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको छ ।
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने तयारी गरेको हो । गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएको थियो ।
मन्त्रालयले सार्वजानिक सूचना जारी गर्दै यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै बालबालिकालाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउँमा लगेर खुवाउन अनुरोध गरेको हो ।

कार्यक्रममा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरिएको छ । भिटामिन ए वितरण केन्द्रमा जाँदा भीडभाड नगर्न, एक ब्यक्ति र अर्को ब्यक्ति बीचको दुरी कम्तीमा दुई मिटर कायम गर्न, आफ्नो बालबालिका सुरक्षाका लागि अनिवार्य सही तरिकाले मास्क लगाउन अनुरोध गरिएको छ । धरान-१६ मा भिटामिन खुवाइँदै । तस्वीर फाइलः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend