Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किताबमा आयो युद्धबन्दी गोर्खालीका कथा

हाम्रो कोशी आवाज
बैशाख ५ २०७८, आइतबार
किताबमा आयो युद्धबन्दी गोर्खालीका कथा

धरानः नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।
पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।
प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रोफेसर हाइनरिक ल्युडर्सद्वारा तिनको वासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीहरूको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरिएको बताइयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. अलका आत्रेय चूडालले सो सामग्रीलाई ध्वनिबाट लिपिमा उतारेको प्रतिष्ठानका सूचना तथा सञ्चार शाखा प्रमुख शशी लुमुम्बुले बताए ।
गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोकहरू, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ ओटा ऐतिहासिक महत्त्व राख्ने लोकसामग्रीहरू समेटिएको बताइएको छ ।
प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वारा तिनको बासस्थानमा नै गएर अभिलेख गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।
दुई सय २० पृष्ठको सो ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको प्रज्ञा–प्रतिष्ठान, सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ लुमुम्बुले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend