Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

धरानः आज (सोमबार) र भोलि (मंगलबार) देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजानिक सूचना जारी गर्दै यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै बालबालिकालाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउँमा लगेर खुवाउन अनुरोध गरेको हो ।
कार्यक्रममा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरिएको छ । भिटामिन ए वितरण केन्द्रमा जाँदा भीडभाड नगर्न, एक ब्यक्ति र अर्को ब्यक्ति बीचको दुरी कम्तीमा दुई मिटर कायम गर्न, आफ्नो बालबालिका सुरक्षाका लागि अनिवार्य सही तरिकाले मास्क लगाउन अनुरोध गरिएको छ ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend