Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डाक्टरको पनि नक्कली प्रमाणपत्र, जसले गरे एसएलसीको प्रमाणपत्र कीर्ते !

हाम्रो कोशी आवाज
बैशाख ६ २०७८, सोमबार
डाक्टरको पनि नक्कली प्रमाणपत्र, जसले गरे एसएलसीको प्रमाणपत्र कीर्ते !

धरानः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर एमबिबिएस पढेका र डाक्टर बनेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
एसएलसीको नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेका सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई साेमबार सीआईबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका-२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला-२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस-५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा-५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।
नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आशंकामा उनीहरुलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको हाे। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ।
उनीहरुले नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएकाे अनुसन्धानका क्रममा देखिएकाे छ। आरोपीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि एसएलसीको मार्कसिटमा आवश्यक न्यूनतम योग्यता नपुग्ने भएपछि नाम, जन्ममिति, प्राप्तांकलगायतका विवरण सच्याएर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएको अनुसन्धानका क्रममा खुलेको छ।
पक्राउ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए भने दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिममा, मोहम्मद साहिद राजा दीर्घायू गुरु हस्पिटल चाबहिल र शुभाष साह जनकपुर चिल्ड्रन हस्पिटल धनुषामा कार्यरत रहेका सीआईबीले जनाएको छ।

प्रकाशित मिति: बैशाख ६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend