Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हावाहुरीले पोल लडायो

हाम्रो कोशी आवाज
बैशाख ९ २०७८, बिहिबार
धरानमा हावाहुरीले पोल लडायो

धरानः धरान–१९ स्थित हरियाली सामुदायिक वननजिकै विद्युतको पोल ढल्दा खानेपानीको वेल हाउसमा विद्युत अवरुद्ध भएको छ ।
साविक खानेपानी संस्थानको वेल हाउसमा जाने विद्युतको पोल बिहीबार आएको हावाहुरीले लडाउँदा खानेपानी अवरुद्ध भएको थियो । बिहानदेखि दिउँसो ३ बजेसम्म खानेपानी अवरुद्ध भएको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए । उनका अनुसार अहिले विद्युत प्राधिकारणको सहयोगमा वैकल्पिक व्यवस्थापन गरि खानेपानी सुचारु गरिएको छ । उनले लडेको विद्युतको पोल बनाउन भोलि शुक्रबार दिनभरी नै लाग्ने जानकारी दिए ।

प्रकाशित मिति: बैशाख ९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend