धरानःधरान उपमहानगरपालिका १५ नम्बर वडाको सहयोग र महिला शक्ति समाज सुनसरीको अयोजनामा महिला हिंसा विरुद्ध शुक्रबार एक दिवसिय सचेतना कार्यक्रम संपन्न भएको छ ।
छथरे समाजमा भएको कार्यक्रममा प्रमूख अतिथि १५ नम्बर वडाका वडा अध्यक्ष
नरेश ईवारामले महिला हिंसा समाज विकासको बाधक भएको बताए । महिला हिंसाका घटनाहरु न्यूनिकरण गर्न अगुवा महिलाहरुको महत्वपूर्ण भूमिका रहने समाजकी अध्यक्ष अन्जना राईले बताइन । कार्यक्रममा राष्ट्रीय महिला मगर सङ्घ प्रदेस नम्बर १ सम्योजक एबम समाजसेवी मिना पुलामी, किरात राई यायोखा १५ नम्बर का अध्यक्ष मालती राई,महिला सन्जाल धरानका बरिष्ठ उपाध्यक्ष सपना राई,महिला वडा सदस्य जानुका कार्की लगायतको उपस्थिती रहेको थियो । १५ नं। वडामा हुने गरेको महिलाहरुको शारीरिक, मानसिक, यौनजन्य र मनोवैज्ञानिक हिंसा न्यूनिकरणका लागि अगुवा महिलाले आ आफ्नो क्षेत्रबाट गर्न सकिने कार्यहरुको विषयमा अन्तरकृया भएको समाजकी अध्यक्ष राईले जानकारी दिइन ।सचेतना कार्यक्रममा १५ नम्बर वडाका १९ वटा महिला समूह, टिएलो लगायतको सहभागिता रहेको थियो।सचेतना कार्यक्रमको सहजिकरण कृति टेलिभिजनका कार्यक्रम सम्योजक मिहन श्रेष्ठले गरेका थिए।

