Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘दुई मिटरको दुरी’ नीतिले कोरोना नरोक्ने वैज्ञानिकको दाबी

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
‘दुई मिटरको दुरी’ नीतिले कोरोना नरोक्ने वैज्ञानिकको दाबी

एजेन्सी। एमआईटीका वैज्ञानिकहरूद्वारा गरिएको नयाँ अध्ययनले दुई मिटरको सामाजिक दूरी र भिडभाड कम गर्ने नीतिको कोरोना नियन्त्रणमा कुनै भूमिका नरहने देखेको छ। बरु वैज्ञानिकहरूले मानिसहरूले बोल्ने वा अन्य उत्सर्जन गर्ने क्षेत्रहरू जस्तै जिम खाना, मन्दिर, मस्जिद, चर्च, विद्यालय आदीमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।
अध्ययनले देखाए अनुसार मानिसहरू बोल्ने, हाँस्ने, खाने वा पसिना लगायतका बस्तुहरू शरीरबाट उत्सर्जन गर्ने ठाउँबाट कोरोना व्यापक मात्रामा फैलिइरहेको छ। अध्ययनले देखाएको छ कि एक वर्ष भन्दा धेरै समयदेखि संसारको धेरैजसो क्षेत्रमा लागु गरिएको सामाजिक दूरी कायम गर्ने निर्देशनले कोभिडको प्रसारलाई सीमित गर्न केही पनि गरेको छैन। न त केही समयको पूर्ण लकडाउनले नै सङ्क्रमण नियन्त्रण भएको छ। बरु, लकडाउनलाई कठोरतापूर्वक लागु गर्ने राष्ट्र समेत यसको सर्वाधिक मारमा परेका छन्।
सिएनबीसीले रिपोर्टमा लेखेको छ “हाम्रो तर्क यो हो कि ६ फिटको नियमलाई खासै फाइदा हुँदैन, न त मास्क लगाएर नै त्यो कम हुन्छ,” एमआईटीका प्राध्यापक मार्टिन जेड बजान्टले भने अनुसार, “यसको वास्तवमै कुनै शारीरिक आधार छैन किनकि मास्क लगाएको बेला सास फेर्दा सो हावा त्यहीँ उफ्रिन्छ र कोठामा अन्य कतै तल झर्छ जसले गर्दा त्यो कुनै माध्यमबाट फेरी अर्को मानिससम्म पुग्छ।”
अनुसन्धानकर्ताहरू लेख्छन्, “सङ्क्रमणको जोखिम कम गर्न कुनै व्यक्तिले अत्यधिक जनसङ्ख्या भएको क्षेत्रहरूमा बस्ने आफ्नो अवधि घटाउनु पर्छ। कोठामा बढी जोखिम हुन्छ जहाँ मानिसहरूलाई श्वासप्रश्वासको दर र रोगजनक उत्पादन वृद्धि गर्नको लागी सहयोग पुगिरहेको हुन्छ।”

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend