धरानः विजयपुर साप्ताहिक धरानका सल्लाहकार तथा ‘झिल्को’ अनलाइन पत्रिकाका प्रधान सम्पादक भवानी बराललाई मातृशोक परेको छ ।
उनकी ममतामयी आमा राधिकादेवी बरालको सोमबार पौने ११ बजे निधन भएको हो । बरालको ८१ वर्षको उमेरमा देहवसान भएको बरालकी श्रीमती गंगा पौडेल (बराल) ले जानकारी दिइन् । उनको धरानस्थित निजी निवासमा निधन भएको हो ।
राधिकादेवी सुगरको बिरामी थिइन् । उनी केही महिनादेखि थलिएकी थिइन् । स्व. राधिकादेवीको पार्थिव शरीर चतराघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व. बरालका श्रीमान राधाकृष्णको ६ वर्षअघि नै निधन भइसकेको छ भने उनको चारजना छोरा र एकजना छोरी रहेका छन् ।