Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

परिस्थिति हेरेर तीनदिन, हप्ता वा १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई

हाम्रो कोशी आवाज
बैशाख १४ २०७८, मंगलबार
परिस्थिति हेरेर तीनदिन, हप्ता वा १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने अधिकार जिल्लालाई

धरानः संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।
‘१५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन पनि गर्न सक्छन् । कुनैले सातदिन पनि गर्न सक्ने भए । १५ दिन अधिकतम सीमा हो । १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने जिल्लालाई अधिकार दिइएको हो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भने ।
पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेछन् । तर कम्तीमा १५ दिन निषेधाज्ञा लागु गर्नुपर्ने हुन्छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता मात्रै निषेधाज्ञा लागु गर्ने गरी सोमबार नै निर्णय गरेका थिए । मन्त्रिपरिषद निर्णयअनुसार अब यी जिल्लामा पनि कम्तीमा १५ दिन निधेषाज्ञा लागु हुनेछन् ।
‘सबै जिल्लामा निषेधाज्ञा लागु गर्नुपर्ने छैन । ११–१२ जिल्लामा निषेधाज्ञा लागु गर्नुपर्ने हुन्छ । कहाँ निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले नै अध्ययन गरेर निषेधाज्ञा आदेश गर्छ,’ उनले भने ।
स्थानीय प्रशासनले अकस्मात निषेधाज्ञा जारी गर्नका लागि सर्वसाधारणलाई केही दिन समय दिनुपर्ने र निषेधाज्ञा जारी गर्न पाइनेछ । ‘निषेधाज्ञा गर्दा केही समय दिएर गर्नुपर्छ । मानिसहरू आफ्ना ठाउँमा जानुपर्ने छ भने जान्छन्,’ उनले भने ।
निषेधाज्ञा जारी भएका जिल्लाहरूमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने छैनन् । अत्यावश्यक सेवाका सवारी भने चल्नेछन् । पासवाला र विमानस्थल जाने सवारीलाई चल्न दिइनेछ ।
नेपाल भित्रिने नेपालीलाई सरकारले सीमामा पिसीआर परीक्षणको व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरमा राख्ने भएको छ । तर विदेशीका हकमा पिसीआर रिपोर्ट नेगेटिभ लिएर आएका छन् भने पनि अनिवार्य रूपमा १० दिन क्वारेन्टिन बस्नुपर्नेछ ।

प्रकाशित मिति: बैशाख १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend