Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा चेकजाँच गर्दा लागूऔषध फेला, धरान–९ बस्ने मुन्ना समातिए

हाम्रो कोशी आवाज
बैशाख १६ २०७८, बिहिबार
धरानको तीनकुनेमा चेकजाँच गर्दा लागूऔषध फेला, धरान–९ बस्ने मुन्ना समातिए

धरानः धरान–८ तीनकुनेबाट लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
धरान–८स्थित कोशी राजमार्ग सडक खण्डमा प्रहरी टोलीले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा इटहरीबाट धरानतर्फ आइरहेको प्रदेश नं.१–०२–०४५ प ९८३ नम्बरको मोटरसाइकलमा सवार धरान–९ धनकुटे रोड बस्ने वर्ष ३५ को मुन्ना खान भन्ने अली मुजुजा अहमद लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
उनलाई रोकी निजको शरीर तथा मोटरसाइकल खानतलासी गर्दा सो मोटरसाइकलको दाहिने ह्याण्डलमा झुण्ड्याइ ल्याएको रातो रंगको हाते झोलाभित्र लुकाई राखेको अवस्थामा लागूऔषधजस्तो देखिने डाइलेक्स डिसी १०० एमएल लेखिएको सिलप्याक बोतल थान १५ र स्पास्मो प्रोक्जोभिन प्लस लेखिएको जम्मा ७२० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
अहमदलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend