धरानः नयाँ भेरियन्टको कोरोनाले यतिबेला तहसनहस पार्दै आएको छ । नयाँ भेरियन्टको कोरोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ । जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा कस्ता लक्षण देखिएका छन् आउनुस् यसबारे चर्चा गरौं ।
श्वासप्रश्वासमा समस्या
अघिल्लो वर्ष देखिएको कोरोना भाइरसले पनि मानिसको श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर नयाँ भेरियन्टको कोरोनामा श्वासप्रश्वासमा समस्या देखिनुका साथै छाती दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।
अक्सिजन लेभलमा समस्या
नयाँ भेरियन्टको कोरोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ । कोरोना संक्रमित भएपछि संक्रमितको एयरब्यागमा फ्लुड भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन् ।
दिमागमा असर
नयाँ भेरियन्टको कोरोनाले दिमागमा पनि असर गर्ने गरेको छ । जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन् । कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको कोरोना हुनसक्ने विज्ञहरुको दाबी छ ।
छातीमा समस्या
छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो कोरोना संक्रमणका कारण हुनसक्छ। किनकि नयाँ भेरियन्टको कोरोना भाइरसले छातिमा असर गर्नेगरेको विज्ञहरु बताउँछन् ।
ओंठमा समस्या
नयाँ भेरियन्टको कोरोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ । जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन् । मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ । यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ । -एजेन्सी