Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब डाक्टरी पढ्ने सबै विद्यार्थीलाई उपचारमा खटाइँदै

हाम्रो कोशी आवाज
बैशाख २० २०७८, सोमबार
अब डाक्टरी पढ्ने सबै विद्यार्थीलाई उपचारमा खटाइँदै

धरानः कोरोना संक्रमितको संख्या थेग्न नसक्नेगरि बढ्न थालेपछि सरकारले डाक्टरी पढ्दै गरेका सबै विद्यार्थी तथा शिक्षकहरुलाई उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै मेडिकल कलेजहरुलाई र विश्व विद्यालयहरुलाई यस्तो व्यवस्था मिलाउन भनेको हो ।
अब यसअघि पीसीआर परिक्षणमा लगाउँदै आएका बन्देजहरु पनि स्वास्थ्य मन्त्रालयले खोलेको छ । विदेश जानेहरु पीसीआर परिक्षण गर्न केहि निश्चित अस्पतालहरुको नाम सहितको सूची नै सार्वजनिक गरेको मन्त्रालयले अब न्युनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर परिक्षण केन्द्रलाई समेत विदेश जानेको पीसीआर गर्न अनुमति दिएको छ ।
त्यसैगरि, मन्त्रालयले ए वर्गमा पर्ने सबै प्रयोगशालाहरुको पीसीआर रिपोर्टलाई पनि विदेश जाने प्रयोजनका लागि मान्यता दिने जनाएको छ । हाल अध्ययन विदामा रहेका सबै स्वास्थय कर्मीहरुलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा दिन पनि मन्त्रालयले डाक्टरहरुलाई आदेश दिएको छ ।

प्रकाशित मिति: बैशाख २० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend