Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शरीरमा कतिबेला अक्सिजनको कमी हुन्छ ?

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
शरीरमा कतिबेला अक्सिजनको कमी हुन्छ ?

धरानः विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ बाट नेपालसहित विश्व नै आक्रान्त बनिरहको छ । प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ । अस्पतालका शथ्या भरिएका छन् । संक्रमितहरु उपचार सँगसँगै अक्सिजनको कमीले मृत्यु बरण गरिरहेका छन् । मानिस बाँच्ने नै अक्सिजनले हो । अक्सिजनबिना कुनैपनि जीवित प्राणी बाँच्न सम्भव छैन ।
फोक्सोमा पुगेको हावाबाट अक्सिजन रगतमा भएको हेमोग्लोविनसँग शरीरको विभिन्न भागमा पुग्छ । यसको मात्रा पल्स अक्सिमिटरले सजिलैसँग नाप्न सकिन्छ । ९५ वा माथिकालाई नर्मल मानिन्छ । दमका बिरामीमा ८८ प्रतिशतभन्दा कमलाई घटेको मानिन्छ ।
अक्सिजन लेवल ९४ देखि १०० को बिचमा हुनु एकदमै राम्रो मानिन्छ । अक्सिजन लेवल ९४ भन्दा तल गयो भने हाइपोक्सेमियालाई ट्रिगर गर्न सक्छ । जसले थुप्रै समस्या पैदा हुनसक्छ । अक्सिजन लेवल ९० भन्दा तल झर्नु भनेको खतराको संकेत हो । यस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ ।
स्वास फुल्नु, छातीमा दुखाइ हुनु शरीरमा अक्सिजन कम भएको संकेत हो । कुनै मानिसमा एक्कासी अक्सिजन लेवल घट्यो भने रेस्पिरेटरी इन्फेक्शनको जोखिम हुन्छ । यसले शरीरका थुप्रै अंग र रेगुलर फङ्गसनमा असर गर्छ । शरीरमा ९५ प्रतिशत भन्दा माथि अक्सिजन भए आत्तिनु पर्दैन। ९१ देखि ९४ बिचमा अक्सिजन भए लगातार मोनिटरिङ गर्नुपर्छ । तर, लगातार एक दुई घन्टासम्म अक्सिजन लेवल ९१ प्रतिशत भन्दा तल झरयो भने त्यस्तो बेला बिरामीलाई अस्पताल लैजानुपर्ने हुन्छ ।
ओठ निला हुनु वा अनुहारको रंग उड्नु पनि शरीरमा अक्सिजन कम भएको लक्षण हुनसक्छ । रगतमा अक्सिजनको कमी हुँदा यस्तो समस्या देखिन्छ । स्वस्थ मानिसका ओठको रंग रातो वा गुलाबी हुन्छ ।
कोरोना संक्रमितका लागि अचानक अक्सिजन लेवल घट्नु खतरापूर्ण हुनसक्छ । यस्तो बेला छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, लगातार खोकी लाग्ने, छटपटी बढ्नुका साथै टाउको दुख्ने हुन्छ । यस्तो बेला ढिला नगरी अस्पताल जानुपर्ने हुन्छ ।
रगतमा अक्सिजनको कमी हुँदा दिमागमा पुग्ने ब्लड फ्लो प्रभावित हुन पुग्छ । जसले हाम्रो न्यूरोलोजिकल फंसनमा पनि असर पुग्नसक्छ । यस्तो हुँदा बिरामीलाई रिगटा लाग्ने, बेहोस हुने जस्ता समस्या देखिन्छन् । यस्तो बेला पनि अस्पताल गइहाल्नुपर्छ ।
यस्ता छन् रगतमा अक्सिजन कम हुने कारणहरु
–फोक्सोमा पानी जमेको छ भने रगतमा अक्सिजन कम हुने गर्छ ।
–मुटुको धमनीमा रगत जमेको छ भने रगतमा रगतमा अक्सिजनको मात्रा कमी हुन्छ ।
–जो मानिस नियमित चुरोट तान्छ, उसको शरीरमा अक्सिजनको कमी हुन सक्छ ।
–जो मानिस फोक्सोको रोगी छ, उसलाइ अक्सिजनको कमी हुन सक्छ ।
–मुटुको रोगी हुनेहरुलाई पनि रगतमा अक्सिजन कम हुने गर्छ ।
–दमको रोगी मानिसलाइ पनि अक्सिजन कम हुने गर्छ ।
–निमोनिया भएको मानिसको शरीरमा पनि अक्सिजन कम हुने हुन्छ ।
–भाइरस सँक्रमण हुँदा पनि शरीरमा अक्सिजनको मात्रा कम हुने गर्छ ।
–शरीरमा रगतको मात्रा कमी हुँदा पनि अक्सिजनको मात्रा कमी हुनसक्छ ।
उच्च हिमाली भागहरुमा जाँदा त्यहाको वातावरणमा अक्सिजनको कमि हुने हुँदा मानिसलाइ लेक लाग्ने गर्दछ। लेक लाग्नु भनेको शरीरले प्रसस्त मात्रामा अक्सिजन प्राप्त गर्न नसक्नु हो ।
रगतमा अक्सिजन कम हुँदा यी कुराहरुमा ध्यान दिनुहोस्
–चुरोट तथा सुर्तीको सेवन नगर्ने ।
–धेरै मात्रामा फलफूल तथा सागपात खाने ।
–धेरै मात्रामा पानी वा झोलिलो खानेकुरा खाने ।
–धुँवा मा नबस्ने ।
–विभिन्न ग्याँस तथा प्लान्टहरु नजाने वा जानै परेमा सेफ्टीको प्रयोग गरेर मात्र जाने ।
–गहिरो स्वास लिने । स्वास तान्ने र एक मिनेट जति रोकेर विस्तारै छोड्ने ।
डा. अनुप बाँस्तोलाका अनुसार शरीरमा अक्सिजनको मात्रा ९५ देखि १०० प्रतिशतसम्म राम्रो मानिन्छ । कोरोनाबाहेक अरु रोग लाग्दा अक्सिजनको मात्रा कम भयो भने सास फेर्न कठिन हुन्छ । कोरोना संक्रमित हुँदा अक्सिजनको स्तर ५० प्रतिशतमा झरे पनि कुनै लक्षण नदेखिने तर, भित्रभित्रै फोक्सोमा खराबी हुने हुन्छ । डा. बाँस्तोलाका अनुसार यसलाई साइलेन्ट हाइपोक्सिया भनिन्छ ।
यस्तो वेला संक्रमित ढिला गरी अस्पताल पुगेमा उपचार गर्न कठिन हुने र ज्यान जाने जोखिम हुन्छ। त्यसैले होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको ‘पल्स अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्छ ।
उनका अनुसार अहिले निमोनिया भएर अस्पताल आउने संक्रमितहरु बढिरहेका छन् । घरमा आइसोलेसनमा बसिरहेका संक्रमितको स्थानीय तहले नियमन नगर्ने र संक्रमित व्यक्ति आवश्यक होशियारी नअपनाएका कारण एक्कासी सिकिस्त भएर ज्यान गुमाउनु परेको उनको भनाइ छ । ‘धेरै व्यक्तिहरु घरमै बसिरहेका बेला सास फेर्न गाह्रो भयो भनेर अस्पताल आउन थालेका छन्’, डा. बास्तोला भन्छन्, ‘यसरी सिकिस्त बनेर अस्पताल आउनेहरुमा दशैँपछि वृद्धवृद्धाको संख्या बढी छ ।’
उनका अनुसार सामान्य रुघाखोकी, ज्वरो जस्ता कोरोना लक्षण देखिंदा पनि परीक्षण नगरेको कारण सास फेर्न एक्कासी कठिन भएर सिकिस्त भएपछि मात्र अस्पताल आउने गरेका छन् ।

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend