Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिलोपटक बन्यो बच्चाका लागि कोरोना खोप

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
पहिलोपटक बन्यो बच्चाका लागि कोरोना खोप

धरानः फाइजर कम्पनीलेले बनाएको कोरोना खोप बच्चाका लागि अनुमति प्राप्त विश्वको पहिलो खोप बनेको छ।
क्यानडास्थित ड्रग रेगुलेटर हेल्थ क्यानडाले १२ देखि १५ वर्षसम्मका बालबालिकाका लागि फाइजरलाई खोप प्रयोगको अनुमति दिएको हो।
यसअघि फाइजरको खोप १६ वर्षभन्दा माथि उमेरका मानिसलाई मात्र प्रयोग भइरहेको थियो।
अमेरिकामा पनि फाइजर–बायोएनटेक कम्पनीले बनाएको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई प्रयोग गर्न चाँडै अनुमति पाउने अपेक्षा गरिएको छ।
फाइजरले बनाएको खोप गत जनवरीदेखि मार्चसम्म बच्चामा परीक्षण (ट्रायल) गरिएको थियो। परीक्षण क्रममा खोप बच्चाका लागि पूरै सुरक्षित देखिएको दाबी निर्माता कम्पनीले गरेको छ। बच्चामा खोप सय प्रतिशत नै प्रभावकारी पाइएको उसको दाबी छ।
अमेरिकामा फाइजरका अतिरिक्त मोडर्ना र जोनसन एन्ड जोन्सनका खोप पनि बच्चामा परीक्षण भइरहेको छ। मोडर्नाले बनाएको खोपको परीक्षणको नतिजा जुनसम्ममा आउने अपेक्षा गरिएको छ। यस्तै जोनसन एन्ड जोन्सनले बनाएको खोपको नतिजा पनि यसपछि आउने बताइएको छ। यो वर्ष (सन् २०२१) का अन्त्यसम्ममा दुवै कम्पनीका खोप सबै बच्चाका लागि उपलब्ध हुने सम्भावना छ। एजेन्सी

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend