धरानः सरकारले घर मै गएर स्वाब संकलनका लागि शुल्क तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका र प्रयोगशालासम्म पुग्न नसक्नेको घरमै गएर स्वाब संकलन गर्दा ५ सय शुल्क लिन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा ७ सय ५३ वटै स्थानीय तहका लागि सो शुल्क निर्धारण गरिएको बताए ।
यस्तै कोरोना परीक्षणको जोखिमयुक्त क्षेत्र र समुदायमा कोरोना संक्रमण फैलिन नदिनका लागि कोरोना परीक्षणको दर बढाउने पनि सरकारले निर्णय गरेको उनले बताए ।