Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चित गायक प्रधानको योगदान सम्झिरहनेछौंः राष्ट्रपति

हाम्रो कोशी आवाज
बैशाख २४ २०७८, शुक्रबार
चर्चित गायक प्रधानको योगदान सम्झिरहनेछौंः राष्ट्रपति

धरानः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सा‌गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन्।
उनले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन्।
‘नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ’, ट्वीटमा भनिएको छ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन्। दिवंगत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
‘नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ’, ट्वीटमा भनिएको छ।
प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दै उनप्रति श्रद्धाञ्जलीका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। रासस

प्रकाशित मिति: बैशाख २४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend