Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरहरा नबनेको भए म कसरी टुप्पोमा पुगेर उद्घाटन गरेंः प्रधानमन्त्री

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
धरहरा नबनेको भए म कसरी टुप्पोमा पुगेर उद्घाटन गरेंः प्रधानमन्त्री

धरानः प्रधानमन्त्री केपी शर्माले ओलीले उद्घाटन, शिलान्यासमै सरकार केन्द्रित बनेको भन्ने कुराको उत्तर फर्काएका छन् ।
संसदमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार खाली, उद्घाटन, शिलान्यासमै केन्द्रित भयो भनिरहनुभएको छ, यदि धरहरा नबनेको भए म कसरी टुप्पोमा पुगेर उद्घाटन गरें त’, उनले थपे, ‘धरहरा नबनेको भए एकपटक त हेर्न जानुहोस् ।’ उनले नागपोखरीको मेरियट होटलबाट एमाले नेता माधवकुमार नेपाललाई पनि धरहरा देखाएको प्रसंग निकाले। ‘माधव नेपालले धरहरा देखायो भनेर भाषण गरेछन्’, उनले भने, ‘अचम्म लाग्यो सबैतिरबाट छर्लङ्ग देखिने रहेछ भनेको थिएँ तर अर्कै कुरा पो गरेछन्।’
उनले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उहाँले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका हुन् ।
नागरिकमा भ्रम फैलाउने काम भएको भन्दै उनले खोप आयातमा अर्थहिन प्रश्न उठाएको आरोप लगाए । खोप आयात र स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार भएकोबारे जवाफ दिँदै उनले प्रमाणसहित आफूलाई जानकारी गराए कारबाही गर्ने बताए ।
धानमन्त्री केपी शर्मा ओलीले कारण जेसुकै भए पनि पछिल्ला गतिविधि, चिन्तन, प्रयास र ध्यानहरू जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसो हुन नसकेको बताए ।
प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उनँले नभएका कनेक्शन अनैतिक ढङ्गले देखाउने खालका क्रियाकलाप भइरहेको बताए । यस्तै उनले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने अहिलेको आवश्यकता रहेको भए पनि कसरी हुन्छ सरकारलाई असफल बनाउने खेल सुरु भएको बताए ।
एउटा पनि पीसीआर परीक्षण गर्ने क्षमता नभएको नेपालमा ८६ ठाउँमा पीसीआर परीक्षण गर्न सरकार सफल भएको भन्दै उहाँले पहिलो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकार सफल भएको दाबी गरे ।
ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भा े। पाँच वर्ष चलाउन पाइएन भन्नु भो । ठीकै छ । पाँच वर्ष चलाऔं । विश्वासको मत दिनुस् । पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ । नत्र त दुई वर्षमै राजीनामा दिइहाल्थेँ नि ।’
उनले सांसदहरू विश्वासको मत नदिएर आफै संसद विघटनतिर लैजान खोजेको आरोपसमेत लगाए । ‘पाँच वर्षसम्म सरकार चलाउने संस्कार बसाल्न पनि मलाई मतदान गर्नुहोस्,’ ओलीले भने, ‘भनेकै छु त मत दिनुस् भनेर । विश्वासको मत दिनुस् संसद विघटन हुँदैन ।’
‘सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछु’,प्रधानमन्त्री ओलीले भने, ‘मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने, ‘तीन वर्षमा देशमा धेरै उपलब्धिहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ रु मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।’ प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उनले पार्टी अलग हुँदासमेत विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताए ।
‘यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।’
राजनीतिक उद्देश्य प्राप्ति र माग तथा आकांक्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोचको अन्त्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको विचार मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याएको र ती ऐतिहासिक र ठूलो उपलब्धि भएको बताए ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend