धरानः कोरोना संक्रमितको औषधिको रूपमा प्रयोेग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ अब नेपालमा नै उत्पादन हुने भएको छ ।
नेपाल औषिधि उत्पादक संघका महासचिव विप्लब अधिकारीका अनुसार एक महिनाभित्र स्वदेशमा नै उत्पादन थाल्ने जानकारी दिए । ‘नेपालमा ‘रेम्डिसिभिर’को परीक्षण पास भइसकेको छ । अबको एक महिनाभित्र उत्पादन गर्न सुरू गछौं,’ अधिकारीले भने ।
अधिकारीका अनुसार नेपाली औषधि उत्पादक कम्पनीले ‘रेम्डिसिभिर’को उत्पादन गर्नेछन् । अन्यदेशको भन्दा कम मूल्यमा उत्पादन गर्ने तयारी भएको अधिकारीले बताए ।
‘हामीले पलिलादेखि नै भन्दै आएका थियौ, ‘रेम्डिसिभिर’ उत्पादन गछौं,’ अधिकारीले भने, ‘ अन्तराष्ट्रिय बजारको मूल्यको हिसाबमा हामी दिन सक्छौं ।’
नेपालमै ‘रेम्डिसिभिर उत्पादन हुने भएपछि कोरोना संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएको छ ।